दाङको गढवा ४ मा रेशम खेती र किम्बु खेतीका अगुवा बने महेश"-
दाङमा रेशम खेती र किम्बु खेतीका अगुवा बने महेश"- दाङको गढवा वरपर गाउँका खेतबारी पनि खाली र उजाड नै छन् तर, केही पर पुगेपछि भने हरियाली भेटिन्छ रेशम खेतीको । गढवा गाउँपालिका वडा नं ४ हडैया गाउँ अहिले रेशम खेतीका कारण चिनिन थालेको छ । गाउँको करीव ६० विघा जमीनमा फैलिएको छ यो खेती । यसले हरियाली त छरेकै छ, गाउँको शोभा पनि बढाइदिएको छ । केही वर्ष अघिदेखि हडैया गाउँमा व्यक्तिगत तथा सामूहिक रुपमा रेशम खेती गर्ने अभियान नै थालिएको छ । यस अभियानका अगुवा मानिनुहुन्छ धादिङका किसान महेशदत्त अधिकारी । उहाँ धादिङको गल्छी गाउँपालिका वडा नं ४ भल्टारका बासिन्दा हुनुहुन्छ । उहाँले नै यहाँ रेशम खेती शुरु गर्नुभएको हो । उहाँकै प्रयासमा हडैया गाउँ अहिले रेशम खेतीबाट हरियाली भएपछि अरु किसानलाई पनि प्रेरणा मिलेको हो । शुरुमा खाली रहेको १० विघा जमीन भाडामा लिएर रेशम खेती थाल्नुभएका अधिकारी अहिले पनि यसैमा रमाइरहनुभएको छ । राम्रो आम्दानी गर्न सकिने देखेर ३३ वर्षीय अधिकारीले ३ वर्ष अघि रेशम खेती थाल्नुभएको हो । बुबाले धादि...
Comments
Post a Comment