Posts
चार दिनदेखि हराएकी बालिकाको शव मकैबारीमा फेला
- Get link
- X
- Other Apps
सुर्खेत, २४ जेष्ठ : चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ वर्षीय बालिका ग्रीस्मा विकको शव मकै बारीमा फेला परेको हो । नेपाली काँग्रेसको वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा शनिवार हजुरआमासँगै सहभागी विक सोही दिन हराएको जानकारी आफन्तले दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनकाअनुसार बालिकाको शव विकको घरदेखि एकसय मिटरको दुरीमा मंगलबार बिहान फेला परेको हो । आफन्तले शुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरेपनि खोज्दै जाँदा नभेटिएपछि सोमबार मात्रै प्रहरीलाई खबर गरेको गुर्भाकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर पुनले बताए । घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगेको छ । बालिकाको मृत्युको कारण नखुलेपनि घटनामा संलग्न भएको आशंका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।
दाङको गढवा ४ मा रेशम खेती र किम्बु खेतीका अगुवा बने महेश"-
- Get link
- X
- Other Apps
दाङमा रेशम खेती र किम्बु खेतीका अगुवा बने महेश"- दाङको गढवा वरपर गाउँका खेतबारी पनि खाली र उजाड नै छन् तर, केही पर पुगेपछि भने हरियाली भेटिन्छ रेशम खेतीको । गढवा गाउँपालिका वडा नं ४ हडैया गाउँ अहिले रेशम खेतीका कारण चिनिन थालेको छ । गाउँको करीव ६० विघा जमीनमा फैलिएको छ यो खेती । यसले हरियाली त छरेकै छ, गाउँको शोभा पनि बढाइदिएको छ । केही वर्ष अघिदेखि हडैया गाउँमा व्यक्तिगत तथा सामूहिक रुपमा रेशम खेती गर्ने अभियान नै थालिएको छ । यस अभियानका अगुवा मानिनुहुन्छ धादिङका किसान महेशदत्त अधिकारी । उहाँ धादिङको गल्छी गाउँपालिका वडा नं ४ भल्टारका बासिन्दा हुनुहुन्छ । उहाँले नै यहाँ रेशम खेती शुरु गर्नुभएको हो । उहाँकै प्रयासमा हडैया गाउँ अहिले रेशम खेतीबाट हरियाली भएपछि अरु किसानलाई पनि प्रेरणा मिलेको हो । शुरुमा खाली रहेको १० विघा जमीन भाडामा लिएर रेशम खेती थाल्नुभएका अधिकारी अहिले पनि यसैमा रमाइरहनुभएको छ । राम्रो आम्दानी गर्न सकिने देखेर ३३ वर्षीय अधिकारीले ३ वर्ष अघि रेशम खेती थाल्नुभएको हो । बुबाले धादि...
गढवा गाउँपालिका काे कार्यपालिकाकाे निर्वाचन सम्पन्न
- Get link
- X
- Other Apps
गढवा गाउँपालिका काे कार्यपालिकाकाे निर्वाचन सम्पन्न भएकाे छ । जनप्रतिनिधिहरुले जनप्रतिनिधि छान्नका लागि आज गढवा गाउँपलिकामा भएकाे निर्वाचनमा माओवादीसहितकाे गठबन्धन विजय भएकाे छ । कार्यपालिका निर्वाचनमा ४२ जना जनप्रतिनिधिहरुले मतदान गर्नुभएकाे थियाे । कार्यपालिकामा माओवादीसहितकाे गठबन्धनकाे संख्या कम थियाे । सहमति हुन नसकेपछि निर्वाचन भएकाे थियाे । निर्वाचनमा माओवादीसहितकाे गठबन्धन विजय भएकाे छ । विजय हुनेहरुमा हेमन्ती कुमाल (४२ मत ), मान बाहादुर नेपाली (४२ मत), सुर्य बहादुर नेपाली( २३ मत), चन्द्रा के सी (२२ मत), मिना पुन (४२ मत), रमा भण्डारी (२१ मत) ल्याई विजय हुनु भएकाे छ ।